शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काँग्रेस संसदीय दलको बैठक : विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय


  • आइतबार, साउन ३ २०७८
9.8K
SHARES

फाइल तस्विर

संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ । बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । काँग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित निर्देशन पनि दिएको जानकारी दिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा