मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

अस्पतालबाटै झलनाथ गरे अपिल : विश्वासको मत देउवालाई दिनु अहिलेको आवश्यकता हो


  • आइतबार, साउन ३ २०७८
7.8K
SHARES

फाईल तस्बिर

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गरेका छन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गरेका छन् ।

म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेका उनलाई सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा