शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मोबाइलमा भिडियो इडिट गर्नका लागि यी हुन् उपयोगी र लोकप्रिय १० एप


  • आइतबार, साउन ३ २०७८
12K
SHARES

फाइल तस्विर

आफ्नो स्मार्टफोनमा भिडियो इडिट गर्नका लागि उपयोगी १० वटा लोकप्रिय एप यस्ता छन् :

१. Kinemaster Mobile Video Editor
सबैभन्दा लोकप्रियमध्येको एक भिडियो इडिटिङ एप काइनमास्टर एन्ड्रोइड, क्रोम अपरेटिंग सिस्टम, आइफोन तथा आइप्याडमा उपलब्ध छ । यदि तपाईं उत्कृष्ट तथा गहन रुपमा भिडियो निर्माण गर्न चाहनुहुन्छ भने यो एप तपाईंका लागि अत्यन्तै उपयोगी हुन्छ । यो एपको प्रारम्भिक भर्सन निशुल्क उपलब्ध हुन्छ । तर यदि तपाईं यो एपका सबै फिचरहरु प्रयोग गर्न चाहनुहुन्छ र काइनमास्टरको वाटरमार्क बिनाको भिडियो तयार गर्न चाहनुहुन्छ भने तपाईंले यो एपका लागि शुल्क तिर्नुपर्ने हुन्छ ।

२. PowerDirector – Video Editor, Video Maker
यो लोकप्रिय भिडियो इडिटिंग एप फोर के भिडियोहरु इडिट गर्नका लागि निकै उपयोगी हुन्छ । यसमा तपाइँले धेरै खालका भिडियो इडिटिंग फिचर प्राप्त गर्न सक्नुहुन्छ ।

३. Inshot Video editor and maker
सोसल मिडियामा पोस्ट गर्ने प्रयोजनका लागि छोटा छोटा भिडियो तयार गर्न यो एप निकै उपयोगी हुन्छ । यो एप प्रयोग गर्न पनि निकै सजिलो छ ।

४. GoPro Quik Video Editor and Maker
यदि तपाईं भिडियो इडिटिंगमा नयाँ हुनुहुन्छ र छोटो भिडियो निर्माणका लागि नि:शुल्क एपको खोजीमा हुनुहुन्छ भने यो एप निकै उपयोगी हुनेछ । यसमा धेरै फिचर पनि हुँदैनन् तर भिडियो इडिटिंगको आधारभूत आइडिया तपाईंलाई प्राप्त हुनेछ र छिटै भिडियो तयार गर्न सक्नुहुन्छ ।

५. Clips
आइफोन प्रयोगकर्ताका लागि यो नि:शुल्क भिडियो इडिटिंग एप हो । यसमा सिकारु प्रयोगकर्ताले मज्जाले भिडियो इडिटिंग सिक्न सक्दछन् र उत्कृष्ट छोटो भिडियो तयार गर्न सक्दछन् ।

६. ActionDirector Video Editor
यो प्रयोग गर्नका लागि निकै सजिलो भिडियो इडिटिंग एप हो । यो एप खासगरी एन्ड्रोइड फोन प्रयोकगर्ताको बीचमा निकै लोकप्रिय छ ।

७. Vimeo Create Video Editor and Smart Video Maker
भिडियो टि्रम गर्न, इफेक्ट तथा टेक्स्ट हालेर इडिट गर्नका लागि यो अर्को सजिलो एप हो ।

८. FilmoraGo
स्मार्टफोनमा छोटो समयमा भिडियो इडिट गर्नका लागि यो एप अर्को सजिलो तथा लोकप्रिय एप हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा