शनिबार, साउन ३० २०८३
ताजा अपडेट

केन्द्रीय सदस्य कुट्ने कांग्रेस कार्यकर्तालाई ३ दिनभित्र कारवाही गर्न देउवाको निर्देशन


  • शनिबार, साउन २ २०७८
11.2K
SHARES

फाईल तस्बिर

कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि कुटपिट गर्ने सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताहरुलाई तीन दिनभित्र कारवाही गर्न सभापति शेरवहादुर देउवाले निर्देशन दिएका छन् ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि देउवाले २४ घण्टाभित्र स्पष्टीकरण सोधेर ३ दिनभित्र कारवाही टुंगो लगाउन निर्देशन दिएका हुन् ।

शुक्रवार कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतका भाइ तथा  क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, हरिशरण श्रेष्ठ लगायतका कार्यकर्ताले क्रियाशील सदस्य आफूहरुले सिफारिस गरे बमोजिम हुनुपर्ने नमानेपछि कुटपिट गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा