शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देउवाले बोलाए संसदीय दलको बैठक, पदाधिकारी बैठकमा कुटपिट काण्डबारे छलफल हुँदै


  • शनिबार, साउन २ २०७८
15.9K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्ने भएको छ ।

अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

शुक्रवार देउवा पक्षकै मोहन बस्नेत समर्थकले घिमिरेमाथि कुटपिट गरेका थिए । पदाधिकारी बैठकमा महाधिवेशन तयारीका विषयमा समेत छलफल हुनेछ ।

सैबीच प्रधानमन्त्री देउवाले संसद अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक आइतवार अपरान्ह २ बजे बस्ने गरि बोलाएका छन् ।

आइतवार सर्वोच्च अदालतको परमादेश बमोजिम संसद अधिवेशन सुरु हुँदैछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा