शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु


  • शुक्रबार, साउन १ २०७८
7.3K
SHARES

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा