मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

देउवा सरकारको विपक्षमा उभिन एमाले सांसदहरूलाई निर्देशन, कसले हाल्छ देउवालाई भोट ?


  • शुक्रबार, साउन १ २०७८
7.8K
SHARES

फाइल तस्विर

नेकपा एमालेले शुक्रबार बसेको स्थायी समितिको बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरूलाई निर्देशन दिए सँगै देउवा नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित भएको छ । नेपाल समुहका २३ सांसदहरूले भोट नहाल्ने हो भने तिस दिनमै देउवा सरकार ढल्ने छ । 

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो । स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।

एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री भएका देउवाले तीस दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत नपाए उनको नेतृत्वको सरकार स्वत अल्पमतमा पर्ने छ ।

मंगलबार सर्वोच्च अदालतको फैसलापछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेपालले आफू गठबन्धनबाट बाहिरिने बताएका थिए । नेपाल समूहले सहयोग नगरे देउवालाई विश्वासको मत पाउन कठिन हुनेछ ।

विश्वासको मत पाउन देउवालाई एक सय ३६ सांसदको समर्थन चाहिन्छ, तर सत्तारुढ गठबन्धनसँग अहिले एक सय २३ सांसद मात्रै छन् । यस्तोमा देउवालाई विश्वासको मतका लागि नेपाल समूह निर्णायक छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा