शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देउवा सरकार तिस दिनमै ढल्ने, एमालेको निर्णय सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि सकिँदैन


  • शुक्रबार, साउन १ २०७८
12.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

स्थायी कमिटीको बुधवार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरे सँगै देउवा ले विश्वासको मत पाउने अवस्था नरहेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री भएका देउवाले तीस दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत नपाए उनको नेतृत्वको सरकार अल्पमतमा पर्ने छ र स्वत ढल्ले छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा