मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा


  • शुक्रबार, साउन १ २०७८
13.8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ ।

शुक्रबार दिउँसो दुई बजे पूर्वपदाधिकारीसहित बस्ने बैठकमा महाधिवेशनको तयारी, सरकारको प्रभावकारिताका बारेमा छलफल हुने जनाइएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले अहिलेसम्म गरेको कामको विवरण पेश गर्ने र विवादित क्षेत्रको समस्या सुल्झाउन पदाधिकारीलाई जिम्मा लगाउने बुझिएको छ ।

‘हामी सभापतिज्यूलाई अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउँछौं र अन्तिम प्रतिवेदन बुझाउनका लागि समय माग्छौं,’ समिति संयोजक रमेश लेखकले भने, ‘विवादित क्षेत्रबारे निर्णय गर्ने जिम्मा पदाधिकारीलाई नै दिन्छौं ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा