मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

११ महिनामै भित्रियो ८ खर्ब ७० अर्ब रेमिटेन्स


  • बिहिबार, असार ३१ २०७८
7.6K
SHARES

फाइल तस्विर

विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई रु सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या जेठ मसान्तसम्म ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३१.१ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ७१ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा