शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

राष्ट्रपतिको स्तर कमजोर भयो, प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऊ : डा. बाबुराम


  • बिहिबार, असार ३१ २०७८
9K
SHARES

फाईल तस्बिर

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

वर्तमान संवैधानिक राष्ट्रपतिको भूमिका सन्तोषजनक नभएको भन्दै उहाँले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउने विकल्प देखाउनुभएको छ । तर अन्तरिम कालका लागि मात्र त्यसो गर्न सकिए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु उपयुक्त हुने उहाँको धारणा छ ।

सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले लेख्नुभएको छ, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है । त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेताभन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा