बुधबार, साउन १३ २०७८
ताजा अपडेट

बालोन डे ओर दौडमा नाटकीय परिवर्तन !


  • KTM Khabar
  • बिहिबार, असार ३१ २०७८
1.8K
SHARES

फाइल तस्विर

विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ ।युरोकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका खेलाडी मुख्य दाबेदार बनेका छन् । तर यस व्यक्तिगत अवार्डका लागि दाबेदारको रुपमा रहेका ५ खेलाडी यस प्रकार छन् ।

स्पानिस क्लब बार्सिलोनामा सम्झौता सकिएपछि फ्रि एजेन्टको रुपमा रहेका मेसीले पहिलो पटक अर्जेन्टिनाको लागि मुख्य उपाधि जिते । कोपा अमेरिका नजितेको भए मेसी यस अवार्डका लागि मुख्य दाबेदारको रुपमा नरहन सक्थे । तर अर्जेन्टिनालाई २८ वर्षपछि कोपा जिताउँदा मेसीले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि बने । गत सिजन बार्सिलोनाका लागि कोपा डेल रे जितेका मेसी ला लिगामा पनि सर्वाधिक गोलकर्ता बनेका थिए ।

इटालियन मिडफिल्डर जर्गिन्होले युरोकप र युरोपियन च्याम्पियनसिप दुवै जिते । उनले इटलीका लागि युरो जित्नुअघि चेल्सीबाट च्याम्पियन्स लिग जितेका थिए । दुवै ठूलो उपाधि जितेका कारण उनलाई पनि दाबेदारको रुपमा हेरिएको छ ।

यदि इंग्ल्याण्डले युरो २०२० जितेको भए ह्यारी केन बालोन डे ओरका लागि मुख्य दाबेदार बन्न सक्थे । टोटनहमका फरवार्ड केन युरो २०२० मा फर्ममा आउन ढिला गरे । तर उनले नकआउट राउण्ड उत्कृष्ट खेल्दै ४ गोल समेत गरे । फाइनलमा भने उनले इटालियन डिफेन्सको खम्बा जर्जियो किलिएनी र लियोनार्दो बोनुचीलाई पार गर्न सकेनन् ।

पोलिस फरार्डका लागि युरोकप बिर्सनलायक नै रह्यो । जुन उनको विरुद्धमा गयो । तर बायर्न म्युनिखकबाट खेल्ने लेवान्डोस्कीलाई त्यतिले मात्र जज गर्नु हुँदैन । लेवान्डोस्कीले जर्मन बुण्डेसलिगामा २९ खेलबाट ४१ गोल गर्दै कीर्तिमान तोडेका थिए ।

इटालियन डिफेण्डर तथा युरो च्याम्पियन टिमका कप्तान किलिएनी बालोन डे ओरका लागि ठूलो दाबेदार हुन नसके पनि युरोमा गरेको प्रदर्शन भने गज्जबको थियो । भेट्रान डिफेण्डर किलिएनी र लियोनार्दो बोनुचीले गोलकिपर जियानलुजी डोनारुम्मा अघि रहेर उत्कृष्ट प्रदर्शन गरे । किलिएनी विना इटलीलाई अपराजित रहेर युरो जित्न गाह्रो हुन्थ्यो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा