शनिबार, साउन ३० २०८३
ताजा अपडेट

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै


  • बुधबार, असार ३० २०७८
14.9K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा जाँदैछन् ।

यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा जान लागेका हुन् ।

माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।

पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा