मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

रबि लामिछाने नामको ब्यभिचारी र अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियुले लगाउछ :महर


  • बुधबार, असार ३० २०७८
12.5K
SHARES

फाइल तस्विर

नेकपा एमाले ओली समर्थक विद्यार्थी नेता एन महरले रबि लामिछाने नामको ब्यभिचारी र अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियुले लगाउछ भन्दै पत्रकाकार रबि लामिछाने बिरुद्द खनिएका छन ।

बदलिँदो राजनीतिक घटनाक्रम सँगै अदालतले प्रतिनिधिसभा पुनः स्थापना सहित केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर तत्काल शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति मार्फत परमादेश जारी गरेको थियो ।

अदालतको आदेशमा राजनैतिक गन्ध आएको भन्दै ओली समर्थकहरूले सडकमा फैसला मानिँदैन भन्ने आशयका नारा लएका थिए । यसमा टिप्पणी गर्दै पत्रकार रवि लामिछानेले सोसल साइटमा “केरे.. केरे.. केरे.. अदालतको फैसला मान्दिन रे ? तिम्रो बाको हो शासन ? भन्दै ओली समर्थकलाई लक्षित गरी टिप्पणी गरेका थिए ।

त्यसैको प्रति उत्तर दिँदै विद्याथी नेता एन महरले भनेका छन्  “रवि लामिछाने नामको अराजक र व्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु।
अन्यथा तिम्रो अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियुले छिट्टै लगाउने नै छ । जस्तालाई त्यस्तै जवाफ र व्यवहार अनेरास्ववियु ले राम्ररी जानेको छ ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा