शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेपालका सबै दलसँग सहकार्य गर्न चीन तयार : राजदूत होउ


  • बुधबार, असार ३० २०७८
9.6K
SHARES

फाइल तस्विर

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका सबै राजनीतिक दलसँग निरन्तर सहकार्य गर्न चीन तयार रहेको बताएकी छन् ।

सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ निर्माणका लागि नेपाल लगायत सबै मुलुकका राजनीतिक दल र संगठनहरुसँग मिलेर निरन्तर काम चीन तयार रहेको बताइन् ।

शान्ति, विकास, पारस्परिक लाभ र सहकार्यलाई प्रवर्द्धन गर्न चीन प्रतिवद्ध रहेको भन्दै उनले शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्न सबै तयार रहनुपर्ने धारणा राखिन् ।

चिनियाँ राजदूत होउले नेपाल चीनको एक महत्वपूर्ण साझेदार भएको र बिआरआईमा सहकार्य भइरहेको उनले उल्लेख गरेकी छन् । बिआरआई अन्तर्गत बहुआयामिक सीमापार कनेक्टिभिटीले विस्तारै आकार लिँदै गएको उनले बताइन् ।

कोरोना महामारीमा चीनले नेपालसहित विश्वलाई सहयोग गरेको र नेपालसहित १०० भन्दा बढी मुलुकलाई ४५० मिलियन डोज उपलब्ध गराएका भन्दै राजदूतले भनिन्, ‘कोरोना महामारीविरुद्ध लड्न चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढाएको छ । भ्याक्सिनमा सबैको पहुँचका लागि प्रतिवद्ध छ ।’

नेपालले पनि चीनलाई अप्ठ्यारो परेको समयमा सहयोग गरेको उल्लेख गर्दै राजदूतले भनिन्, ‘मानव अधिकार र कोरोनाको उत्पतिको विषयमा केही मुलुकले चीनविरुद्ध गरेको गलत प्रचारको विषयमा नेपालले चीनको पक्षमा बोलेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा