बुधबार, साउन १३ २०७८
ताजा अपडेट

देउवालाई झट्का, माधव नेपाल प्रधानमन्त्री बन्दै !


  • KTM Khabar
  • बुधबार, असार ३० २०७८
3.3K
SHARES

तस्विरः फाइल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो दिनमै झट्का लागेको छ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नभएपछि झट्का लागेको हो ।

जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेपछि उनलाई विश्वासको मत पाउने कठिन हुने भएको हो । प्रधानमन्त्री नियुक्त भएको १ महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिन पर्ने संबैधानिक व्यवस्था छ ।

जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताएपनि मन्त्रालउ बाँड्फाडमा कुरा नमिलेको जसपाका नेताहरुले बताउन थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोही गठबन्धनमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादव समूह पनि सरकारमा सहभागी हुने बताइएको थियो । सरकारमा सहभागी हुनुअघि जसपाले पाउने मन्त्रालय र मन्त्रीको संख्या सम्बन्धमा समेत छलफल गर्न बाँकी रहेको स्रोतको दाबी छ । अध्यक्ष यादवले आफूलाई गृहमन्त्री बनाउन देउवालाई आग्रह गरेका थिए । तर दउवाले आफू चुनावी सरकारको प्रधानमन्त्री भएकाले गृहमन्त्रालय दिन नसकिने बताएका थिए ।

‘शेरबहादुरजीलाई हाम्रो समर्थन छ, हामी सरकारमा पनि जान्छाै तर अहिलेकै अवस्थामा जान सक्दैनौं,’ यादवले भने, ‘सरकारले कस्तो कार्यक्रम तय गर्छ, त्यसलाई पहिला हामी हेर्छाैँ । आफूहरूको मुद्दा सरकारले कसरी सम्बोधन गर्छ यी सबै विषयमा छलफल गरेर मात्र सरकारमा सहभागी हुने निर्णय हुन्छ ।’

जसपा कार्यकारिणी समितिको बैठकले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्चः ट्र्याकमा फिर्ता गरेको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए । बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकतम भूमिका खेल्ने निर्णय गरेको छ ।

राम्रो मन्त्रालय नपाएको खण्डमा देउवालाई विश्वासको मत पनि नदिने जसपा श्रोतको भनाई छ । एमाले बरिष्ठ नेता माधव कुमार नेपालको विशेष भुमिकामा प्रधानमन्त्री बनेका देउवा एमालेका २३ भोट पनि नपाउने भएका छन् ।

समस्या समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेपछि उनीहरु देउवालाई भोट नहाल्ने भएका हुन् । माधव नेपाल आफै प्रधानमन्त्री बन्नका लागि भएपनि देउवालाई विश्वासको मत नदिने तयारीमा रहेको श्रोतको भनाई छ । सर्वोच्च अदालतले संसदमा प्रधानमन्त्री बन्न सक्ने अवस्था हुँदासम्म विघटन गर्न नपाउने व्याख्या गरेकाले नेपालको संविधानको धार ७६ (२) अनुसारको प्रधानमन्त्री बन्न नेपालले जोडवल गरिरहेको बुझिएको छ ।

एक महिना पछि राष्ट्रपतिले फेरी बहुमतको परिक्षण गर्नका लागि धार ७६ (२) क्रियाशिल गराउनसक्ने नेपालको विश्लेषण छ । नेपाललाई एमालेका १२१ र माओवादी केन्द्रका ४९ सांसदको साथ रहने बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा