मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

नवनियुक्त मन्त्रीहरुले कार्यभार सम्हाल्दै


  • बुधबार, असार ३० २०७८
8.8K
SHARES

फाइल तस्विर

नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दैछन् । मंगलबार शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका मन्त्रीहरुले बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लागेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान साढे १० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले बुधबार बिहान १० बजे मन्त्रालय पुगेर कार्यभार सम्हाल्दैछन् । मन्त्रालय गएर कार्याभार सम्हाल्नुअघि शर्माले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर शहीद स्तम्भमा माल्र्यापण गर्ने उनको सचिवालयले जनाएको छ ।

कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार साँझ नै पदभार ग्रहण गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । बुधबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले चैत मसान्तभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा