शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ब्युँताइयो युथ फोर्स, दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गरी ओलीलाई बालकोट पुर्‍याउँछौं: महेश बस्नेत


  • मंगलबार, असार २९ २०७८
11.5K
SHARES

फाईल तस्विर

नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भोलि अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा स्वागतको लागि भव्य तयारीमा लाग्न निर्देशन दिएका छन् ।

सर्वोच्चको परमादेशले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार छाडेर भोलि बालकोट जाँदै छन् ।

आज युथ फोर्स गठनसँगै बस्नेतले बालकोटस्थित निवास प्रस्थान गर्दा ओलीलाई २ हजार गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दावी समेत गरेका छन् ।
युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स किसानको घरको सिरानमुनी राखिएको खुकुरीजस्तै हो । र, संकट पर्‍यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौँ ’, युथ फोर्सलाई ब्युँताएपछि बस्नेतले भने, ‘युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलीय जनवादको प्रयोग गर्ने सन्दर्भमा , यसलाई रक्षा गर्ने सन्र्दभमा र यसलाई विस्तार गर्ने सन्दर्भमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ । यसले आवाजविहीनको आवाज उठाउन भूमिका खेल्ने छ ।’

नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन बस्नेतले निर्देशन दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा