नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आज बेलुकी ६ बजेका लागि तय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा उनको सपथ ग्रहण हुने छ ।
सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । आज सपथग्रहणपछि सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाले तयारी गरेका छन् ।
यसैबीच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सरकारी निवास बालुवाटार त्याग्ने भएका छन् । बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्न लागेको स्रोतले बतायो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।