निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका छन् । उनले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताए ।
प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।