शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीको उठाए फैसलामाथि प्रश्न : समयले अग्निपरीक्षा लिने टिप्पणी


  • मंगलबार, असार २९ २०७८
8.5K
SHARES

फाईल तस्बिर

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट सोमबार जारी फैसलाप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रधानमन्त्रीको कार्यालयबाट देशवासीको नाममा सम्बोधन गर्दै प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा अदालतले गरेको फैसलाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेल्ने भन्दै चिन्तित भएको टिप्पणी गरेका छन् । उनले सो फैसलाले मुलुकको लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा दीर्घकालीन असर पर्ने बताएका छन् ।

उनले अदालतको फैसलाप्रति प्रश्न उठाउँदै भने–‘लोकतन्त्रको रक्षा विकास र सुदृढीकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ? यिनले राजनीतिक स्थायित्वलाई बल पुर्‍याएको कि क्षति ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? समग्रमा यो फैसलाले राजनीतिलाई अग्रगमनमा लग्यो कि पछाडि ? यसको समीक्षा भविष्यले नै गर्नेछ ।’ उनले सर्वोच्चको फैसलाको समयले अग्निपरीक्षा लिँदै जाने टिप्पणी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा