शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देउवाले फेरी विश्वासको मत नपाए के हुन्छ ?


  • मंगलबार, असार २९ २०७८
12.6K
SHARES

फाईल तस्बिर

अदालतको परमादेशपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत जुटाउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायरमा साथ दिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनबाट अलग हुने घोसण गरीसकेको अबस्थामा नेपाल समूहले विश्वासको मत नदिए के होला भन्ने जिज्ञास आम जनातालाई लागेको छ ।

नेपाल पक्षका २३ सांसदसहितको समर्थनमा देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका थिए। सोमबार बसेको कांग्रेससहित गठबन्धनका ५ दलको बैठकमा आफूले अब गठबन्धलाई साथ नदिने नेपालले बताएका थिए।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अवधिसमेत किटान गरिदिएको सर्वोच्चको परमादेशमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि ह्विप नलाग्ने भनेर सहज बनाइदिएको छ। तर नेपाल पक्षले साथ नदिए देउवा प्रधानमन्त्रीमा नियुक्त भएपनि विश्वासको मत जुटाउन नसक्ने अवस्थामा पुग्छन्।

विश्वासको मत लिन नसेके देउवाको सरकार चुनावी सरकार हुने राजनीतिक जानाकारहरु बताउछन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा