मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

२४७ किलो गाँजासहितको कन्टेनर नियन्त्रणमा


  • मंगलबार, असार २९ २०७८
5.2K
SHARES

फाइल तस्विर

२४७ किलो गाँजासहित वीरगञ्जबाट भारततर्फ जाँदै गरेको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो सवा १२ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसीपीगेट नजिकबाट ट्रकसहित २४७ किलो गाँजा बरामद गरिएको हो ।

प्रहरीले एचआर ५५ एम २२०९ नम्बरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो । ट्रकलाई रोकेर चेक गर्न खोज्दा चालक फरार भएका थिए । पछि भित्र हेर्दा गाँजा फेला परेको हो ।

फरार भएका चालकको पहिचान गरिसकेको र खोजी भइरहेको डीएसपी खनालले बताए ।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा