नेकपा(एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्दलीय व्यवस्था फेरि जस्केलाबाट प्रवेश गराउन खोजेको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा गरेको फैसलाबारे सोमबार बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले ३२ वर्षअघि नै समाप्त पारेको निर्दलीय व्यवस्था फेरि ल्याउन खोजेको टिप्पणी गरेका हुन् ।
सर्वोच्च अदालतको आजको फैसला र विशेष गरेर धारा ७६ को (५) को जुन ढंगले व्याख्या गरेको छ । मैले दुखका साथ भन्नुपर्छ ३२ वर्ष अगाडि हामीले समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास हामीलाई भएको छ’ उनले भने ।
अदालतको फैसलाबारे पार्टीको औपचारिक दृष्टिकोण मंगलबारको स्थायी कमिटी बैठकले तय गर्ने प्रवक्ता ज्ञवालीले बताए । उनले भने, ‘औपचारिक दृष्टिकोण बनाउनका लागि स्थायी कमिटी बैठक भोलि बस्दैछौँ र त्यो बैठकपछि हामी औपचारिक धारणा लिएर यहाँहरु समक्ष आउने नै छौँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।