सर्वोच्च अदालतको फैसलामाथि छलफल गर्न एमाले स्थायी कमिटी बैठक पूर्वनिर्धारित योजना अनुसार नै साँझ ५ बजे बस्दैछ । तर, फैसलाको बारेमा बालुवाटारमा एमालेका नेताहरूबीच अनौपचारिक छलफल भने भएको छ ।
एमाले नेताहरूले रिट निवेदकले मागेका र न्यायाधीशलाई रिस उठेका कुरालाई समेत फैसलाका रूपमा संवैधानिक इजलासले लिपिवद्ध गरेको भन्दै यसले देशलाई गम्भीर दुर्भाग्यतर्फ धकेल्ने ठहर गरेका छन् ।
एमालेका एक नेताले भने, ‘यो राजनीति हो, अदालतको फैसला त हुँदै होइन । यसलाई हामीले देशको संविधान र संसदीय प्रणालीविरुद्ध गरिएको न्यायिक ‘कू’का रूपमा लिएका छौं । अदालतले गर्ने फैसला मान्नु पर्ने बाध्यता एक ठाउँमा होला तर दुर्भाग्यतर्फ ठेल्यो ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।