शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देउवाले बोलाए विपक्षी गठबन्धनको बैठक


  • सोमबार, असार २८ २०७८
12.4K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूको बैठक बोलाएका छन् ।

सर्वोच्चको फैसलासँगै विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न गठबन्धनका नेताहरुलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सभापतिले विपक्षी गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएको जानकारी दिए ।

विपक्षी गठबन्धनका नेताहरुसँग छलफल गर्नुअघि देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल थालेका छन् । कांग्रेसका शीर्ष नेताहरु देउवा निवास पुगिसकेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा