मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता हुन्न, भ्रममा नपरौंः झाक्री


  • सोमबार, असार २८ २०७८
6.2K
SHARES

रामकुमारी झाँक्री/फाइल तस्विर

एमाले नेत्रृ राकुमारी झाक्रीले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने बताउनुभएको छ ।

अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिने कुरै नआउने झाक्रीले स्पष्ट पार्नुभयो ।

सोमबार ट्विट गर्दै झाक्रीले हस्ताक्षर फिर्ता लिन्छन् भनेर भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

हिजो एमालेको कार्यदल स्तरमा १० बुँदे सहमत्ति भएको थियो । त्यही आधारमा प्रतिनिधिसभा विघटनसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दामा एमालेका २३ जना सांसदको हस्ताक्षर फिर्ता हुने हल्ला भएपछि झाक्रीको यस्तो भनाइ आएको हो ।

उहाँले वरिष्ठ नेता माधव नेपाल टिमको केन्द्रीय सदस्यहरुको बैठक बसी १० बुँदे सहमत्तिबारे संस्थागत धारणा आउने जानकारी दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा