नेकपा एमालेमा एकता कायम गर्न दुई पक्षको कार्यदलले आज गरेको सहमतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।
भोली आउने सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने हेतु उक्त सहमति गरिएको आरोप उनले लगाउदै अदालतलाई प्रभावित बनाउने कुनै पनि गतिविधि मान्य नहुने र कुनै पनि हालतमा अदालतलाई प्रभावित बनाउने कुरा नमान्ने बताएको स्रोतको भनाइ छ ।
कार्यदलले गरेको सहमतिका विषयमा जानकारी गराउन सम्पर्क गरेका नेताहरुसँग नेपालले आफ्नो असन्तुष्टि पोखेका हुन् । आजको सहमतिपछि एमाले एक ठाउँमा उभिएको देखाएर विपक्षी गठवन्धन अल्पमतमा परेको सन्देश अदालतलाई दिन खोजिएको उनले बताएका छन् । नेपालको भाव बुझेर नै उनी निकट नेता रघुजी पन्तले सहमतिपत्रमा हस्ताक्षर नगरेको स्रोतले बतायो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले अब शेरबहादुर देउवाका पक्षमा १ सय २३ जना सांसदहरु मात्रै बाँकी रहेको भन्दै हिसाब निकालेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै सर्वोच्चले संसद पुनर्स्थापना नगर्ने भविष्यबाणमी समेत गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।