युरोकप फुटबलको फाइनल खेलमा पहिलो हाफ सकिदाँसम्म इङ्ल्यान्ड १–० ले अघि देखिएको छ । लण्डनस्थित बिम्बली रंगशालामा खेलको दोस्रो मिनेटमा ट्रिपरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।
युरोकपको फाइनल खेलमा यो नै सर्वाधिक छिटो गोल हो । यसअघि १९६४ को फाइनलमा स्पेनका चुस पेरेडाले ५ मिनेट १७ सेकेन्डमा गोल गरेका थिए । लुईस सुआरेजको क्रसमा पेरेडाले गरेको गोलको किर्तिमान ५७ वर्षपछि ब्रेक भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।