शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अर्जेन्टिनालाई २८ वर्षपछि च्याम्पियन बनाउँदाको नायक मेस्सीलाई दुई अवार्ड


  • आइतबार, असार २७ २०७८
11.3K
SHARES

फाइल तस्विर

कोपा अमेरिका विजेता अर्जेन्टिनाका कप्तान तथा मुख्य खेलाडी लिओनल मेस्सीले व्यक्तिगत रूपमा दुई अवार्ड जितेका छन् । ब्राजिलमा आज बिहान भएको कोपाको फाइनल खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई १–० ले हराएर उपाधि जित्दा मेस्सीले ‘टप गोल स्कोरर अफ् त टुर्नामेन्ट’ र ‘बेस्ट प्लेयर अफ् द टुर्नामेन्ट’ गरी दुई अवार्डमा बाजीमा मार्न सफल भए ।

फाइनल खेलमा मेस्सीले गोल र असिस्ट गर्न नसके पनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका आधारमा उनलाई प्रतियोगिताको सर्वोेत्कृष्ट खेलाडी र सबैभन्दा धेरै गोलका लागि सर्वाधिक गोलकर्ताको अवार्ड दिइयो । कोपामा कूल ७ खेलमा सहभागी हुँदै मेस्सीले ४ गोल र ५ गोलमा असिस्ट प्रदान गरेका थिए । यी ७ खेलमध्ये मेस्सी ४ खेलमा म्यान अफ् द म्याच घोषित भएका थिए ।

अर्जेन्टिनालाई समूह चरणबाट फाइनलसम्म लैजानका लागि मेस्सीले प्रतियोगितामा नायकको भूमिका खेलेका थिए । सुरुआती तीन खेलमा केही सुस्त देखिए पनि मेस्सीले त्यसपछि आफ्नो लय समातेका थिए । उनले टिमलाई च्याम्पियन बनाउनेक्रममा ४ गोल मात्रै गरेनन्, टिमका अन्य सहकर्मीलाई ५ गोलका लागि असिस्ट समेत दिए । यसकै करण उनी प्रतियोगिताभरका सर्वोत्कृष्ट खेलाडी बने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा