शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेमा प्रवेश गरेका पूर्व माओवादीलाई नेकपामा रहँदासरहको जिम्मेवारी


  • आइतबार, असार २७ २०७८
10K
SHARES

फाइल तस्विर

नेकपा एमालेमा प्रवेश गरेका केन्द्रीय स्तरका पूर्वमाओवादी नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदासरहको जिम्मेवारी दिइने भएको छ । एमाले कार्यदलको आइतबार राति सम्पन्न बैठकले आन्तरिक विवाद समाधान गर्ने क्रममा १० बुँदे सहमति गर्दै पूर्व माओवादी नेताहरुलाई साविकको दलअनुसारकै जिम्मेवारी दिने भएको हो ।

कार्यदलमा भएको १० बुँदे सहमतिको चौथो बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेका रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ ।’

यसअनुसार हाल एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरु साविकको दल नेपाल कम्युनिस्ट पार्टीमा रहँदा स्थायी कमिटीमा रहेका भए एमालेको पनि स्थायी कमिटीमा र नेकपामा रहँदा केन्द्रीय कमिटीमा रहेका भए एमालेको पनि केन्द्रीय कमिटीमै रहने भएका छन् ।’ अन्यको हकमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा सरहको कमिटीमा स्थान दिइने सोही बुँदामा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा