बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

ओली पक्षले बोलायो स्थायी कमिटी बैठक


  • आइतबार, असार २७ २०७८
10K
SHARES

फाईल तस्बिर

नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समितिको बैठक बोलाएको हो । कार्यदलको बैठक जारी रहेको बेला ओली पक्षले बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए । एमालेका दुई पक्षबीच आज नै सहमति हुने नेताहरुले दाबी गरे पनि पार्टीभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा