शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोपा अमेरिका फाइनल भिडन्त : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता


  • आइतबार, असार २७ २०७८
7.8K
SHARES

फाइल तस्विर

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली ब्राजिल र पाहुना टोली अर्जेन्टिनाको भिडन्त जारी छ । ब्राजिलस्थित रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ । अर्जेन्टिनाले खेलको २२औं मिनेटमै गोलको खाता खोल्न सफल भएको थियो ।

घरेलु टोलीमाथि चर्को दबाब बनाएर खेलिरहेको अर्जेन्टिनाले एन्जल डि मारियाको गोलबाट अग्रता लिएको हो । ब्राजिलियन डिफेन्डर र गोलकिपर पोस्ट छाडेर अघि बढेका बेला लामो पासबाट आएको बलमा डि मारियाले विपक्षी खेलाडी र किपरलाई बिट गर्दै केही उचाइबाट बललाई पोस्टको दिशा देखाइदिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा