शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

म, विमलेन्द्र र प्रकाशमानमध्ये एक जना मात्र उठ्छौं : शशांक


  • शनिबार, असार २६ २०७८
9.8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र आफूमध्ये एक जना मात्र उम्मेदवार हुने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महाधिवेशनबाट जसरी पनि नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि तीनै जना नेतापुत्र एक ठाउँमा रहने बताएका हुन् ।

हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एकजना मात्रै उभिनु पर्यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन’ उनले भने, ‘त्यसैले हामी तीन जनाले यति चाहिँ के भन्नुपर्यो भने हामीमध्ये एक जना उभियौं भने सजिलोसंग (नेतृत्व) हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ ।’

कांग्रेसका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच तीनैजनाको निवासमा पालैपालो भेटघाट भएको थियो । वीपी पुत्र कोइरालाले आफूहरु एक ठाउँमा उभिए अरु नेतृत्वका आकांक्षीलाई पनि मनाउन सजिलो हुने बताए ।

‘हामी ३ जना, ५ जना, ७ जना हुँदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ । त्यसले पार्टीलाई पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदबार भयो भने पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो’ उनले तीन नेताको भेटघाटबारे भने ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक बनेर बस्नुपर्ने महामन्त्री कोइरालाले बताए । ‘उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । उहाँहरु कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफैं लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहिँ अप्ठयारो हुन्छ’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा