प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पिडित भएकाहरूको अवस्था बुझुन सिन्धुपाल्चोक पुगेका छन् । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बाढीपिडितहरुको पछिल्लो अवस्था बुझेर उनीहरुको पुनःस्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा गएका हुन् ।
यसअघि सरकारले बाढीबाट घरबार गुमाएकाहरुलाई ५० हजार अनुदान दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीसँग पूर्वमन्त्री शेरबहादुर तामाङ पनि छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।