मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

महिला मन्त्रालयको गाडी काण्डः लिफ्ट मागेकी अपरिचित महिलासँग सहमतिमै समागम !


  • शुक्रबार, असार २५ २०७८
7.5K
SHARES

सांकेतिक तस्बिर

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै अश्लिल हर्कत गरिरहँदा पक्राउ परेका तीनजना थप दुई दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई आइतबार सीडीओ कार्यालयमा पेस गरिने प्रहरी स्रोतले जानकारी दिएको छ ।

गत बुधबार राति मन्त्रालयको प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट एक महिला र दुई पुरुष पक्राउ परेका थिए । सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जंगलमा गाडीभित्रै यौन क्रियाकलाप गरिरहँदा गस्तीमा आएको प्रहरीले उनीहरूलाई निर्वस्त्र अवस्थामा रंगेहात समातेको थियो ।

स्रोतका अनुसार पक्राउ परेका दुई पुरुष र महिला अपरिचित हुन् । मन्त्रालयको गाडी लिएर भक्तपुरतर्फ गइरहेका दुई पुरुषले सल्लाघारीमा गाडी कुरेर बसेकी अपरिचित महिलालाई लिफ्ट दिएका थिए । महिला चढेपछि गाडीभित्रै उनीहरूबीच सहमति भएर घ्याम्पेडाँडाको जंगलतिर लागेको स्रोतको भनाइ छ ।

उनीहरुबीचको त्रिपक्षीय शारीरिक सम्बन्ध जबरजस्तीमा नभइ सहमतिमा नै भएको देखिएको घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक (इन्सपेक्टर) विष्णुहरि फुयाँलले जानकारी दिए ।

फुयाँलले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । महिलाले तीनैजनाको सहमतिमै घ्याम्पेडाँडा गएको बयान दिएकी छिन् । तर उनले केही बयान फेरिरहेकी छन् । हामी अहिले अनुसन्धानमै छौं ।’

पक्राउ परेका दुई पुरुषमध्ये एक मन्त्रालयकै कर्मचारी (ड्राइभर) हुन् । अर्का पुरुष भने सरकारी कर्मचारी होइनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा