नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माओवादी केन्द्र खारेजीको माग हास्यास्पद भएको बताएको छ । पूर्व माओवादी केन्द्रका नेताहरुले मानओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले यस्तो बताएको हो ।
“हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,” माओवादी केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।”
आज मात्रै नेकपा माओवादी केन्द्र खारेजीको माग गरेका पूर्व माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोग पुगेर छिट्टै निर्णय गर्न आग्रह गरेका छन् । बुधवार माओवादी केन्द्र अवैधानिक भन्दै उजुरी दर्ता गराएका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत आज आयोग पुगेका थिए ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।