शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पूर्वमाओवादी नेता टोपबहादुर, प्रभु र मणि निर्वाचन आयोगमा


  • शुक्रबार, असार २५ २०७८
10.1K
SHARES

फाइल तस्विर

पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग गएका हुन् ।

अहिले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा आयोग पुगेका हुन् । बुधबार पूर्वमाओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए ।

“बुधबार वकिल र दोस्रो तहका नेताहरु जानुभयो । आज हामी पहिलो तहका नेताहरु गएर आफ्नो कुरा राख्छौं,” एक नेताले भने ।

नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमालेमा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए ।

प्रतिनिधिसभाबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, राष्ट्रिय सभामा रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा