अनुशासन र आचरण विपरित कसुरमा नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिले कर्नेल चापागाईंलाई जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर उनीमाथि छानविन गरिरहेको छ ।
नेपाली सेनाका सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको छ
कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुँदा अनियमितता गरेको आरोप छ । उनिमाथि सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला अनियमितता गरेको आरोप छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।