शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू, मिल्लान् त ओली र नेपाल ?


  • बिहिबार, असार २४ २०७८
11.8K
SHARES

पार्टी एकताको लागि गठन भएको नेकपा एमालेको कार्यदलबीच वार्ता शुरू भएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलबीच ठोस सहमतिमा पुग्ने गरी वार्ता शुरू भए संगै कार्याकर्ताहरुले चासोका साथ हेरिरहेका छन छन ।

बैठक शुरू हुनुअघि भीम रावल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । त्यसअघि आज बिहान रावल र विष्णु पौडेलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । पौडेलसँगको भेटपछि रावल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा