स्पेनलाई हराँउदै इटाली युरोकप २०२० को फाइल प्रवेश गरेका छ । टाइब्रेकरमा स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै इटालीले फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा इटालीका लागि आन्द्रीए बेलोट्टी, लिओनार्डो बोनुची, फेडेरिको बर्नार्डेस्की र जर्जिन्होले गोल गरे । म्यानुएल लोकाटेलीको प्रहार भने गोलरक्षक उनाइ सिमोनले बचाएका थिए । स्पेनका लागि जेरार्ड मोरेनो र थियागले मात्रै गोल गर्न सके । ड्यानी ओल्मोको प्रहार पोस्टभन्दा निकै माथि प्रहार गएको थियो । स्पेनमा लागि अल्भारो मोराटाले पनि गोल गर्न सकेनन् ।

युरो २०२०
त्यअघि ६० औं मिनेटमा फेडेरिको किएजाको गोलमा इटालीले अग्रता लिएको थियो । ८० औं मिनेटमा अल्भारो मोराटाले सुन्दर गोल गर्दै खेल १-१ को स्थितिमा ल्याएका थिए । इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्क बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुँदै छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।