स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा ११ हजार ८९८ नमुना परीक्षणमा यो परिमाणमा कोरोना संक्रमित थपिएका हुन् । यीमध्ये ७ हजार ८३५ को पिसिआर र ४ हजार ६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घन्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३३३ जना कोरोनामुक्त भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।