बुधबार, साउन १३ २०७८
ताजा अपडेट

पनिर खानुका यति धेरै फाइदा, जानिराखाैँ


  • KTM Khabar
  • बुधबार, असार २३ २०७८
2.4K
SHARES

फाईल तस्बिर

दुधमा धेरै पौष्टिक तत्व पाइन्छ । धेरै मानिसलाई दुध पिएर खान मन नपर्न सक्छ । यस्तोमा अन्य दुग्धजन्य पदार्थ भोजन गरेर ती पौष्टिक पदार्थको आपूर्ति गर्न सकिन्छ । पनीर ती मध्ये एक उत्तम विकल्प बन्दछ ।

पनीर क्याल्सियमको उत्तम श्रोत हो । यसको नियमित भोजनले दाँत तथा हड्डीलाई स्वस्थ बनाउँछ । यसमा ल्याक्टोजको मात्रा कम हुने भएकाले गुलियोका कारण दाँतमा हुने नकारात्मक असर समेत कम हुन्छ ।

क्याल्सियमका अलावा पनीरमा पर्याप्त मात्रामा भिटामिन डी पनि पाइन्छ । यसले दाँतको छिद्रमा बसेर दाँतलाई क्षति पूराउने किटाणुलाई नष्ट गर्न सहयोग गर्छ ।

जो मानिस कम तौलका कारण चिन्तित हुन्छन् उनीहरुले विशेष रुपमा पनिरको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । पनिरमा हुने प्रोटिन, चिल्लो तथा अन्य लवण वजन बढाउन सहयोगी हुन्छ । अर्को एक अध्ययन अनुसार पनीरमा पाइने प्रोटिनले मानिसमा क्यान्सरको खतरा पनि कम गर्छ ।

पनीरको नियमित सेवनले शरीरमा रगतको मात्रा बढाउँछ र रक्तअल्पताबाट मुक्ति दिलाउँछ । कलेजोलाई स्वस्थ बनाउन तथा शरीरको पोषण शोषण गर्ने क्षमता समेत बढाउँछ ।

साथै इन्सुलिन रेसिस्टेन्स सिन्ड्रोम अर्थात् मधुमेह गराउने खतरा पनि कम गर्छ । बढ्दो उमेरसँगै देखिने पेटको समस्यालाई पनि कम गर्छ । साथै पिठ्युँ तथा जोर्नी दुख्ने समस्यालाई पनि कम गर्छ ।

​पनिर खानुका फाइदाहरु: पनिर स्वादको पनि राजा हो खादा धेरै स्वादिलो हुन्छ पनिरको तरकारी । पनिरको फाइदाहरु यस प्रकार छन् :

१. क्यानसर: हालै गरिएको एक अध्ययनले पनीर खानाले क्यानसरको खतरालाई कम गर्ने काम गर्छ । पेटको क्यानसर, क्लोनको क्यानसर र ब्रेस्ट क्यानसरको उपचारमा पनि पनीरले महत्वपुर्ण भुमिका खेल्ने गर्छ ।

२. डाइबेटिज: ओमेगा ३ ले भरपुर पनीर डाइबेटिजका बिरामीलाई निकै राम्रो गर्छ । विशेषज्ञका अनुसार डाइबेटिज रोगीहरुले दिनुहँ पनीर खानु स्वास्थका लागि फाइदा हुनेछ । सबैभन्दा महत्वपुर्ण दुवै खाले डाइबेटिज रोगीले पनीर खान सक्छन् ।

३. तुरुन्त शक्ति प्रधान गर्छ: दुधबाट पनीर बनेका कारण पनीरमा दुधको भरपुर गुणहरु हुनेगर्छ । यसमा उर्जा पनि उत्तिकै हुनेगर्छ । शरिरमा तुरुन्त इनर्जी दिने काम गर्छ । व्यायाम गर्नेहरुले पनीर खाँदा स्वास्थलाई फाइदा हुन्छ ।

४. दाँत र हड्डी: पनीरको सबैभन्दा लाभ यो छ कि यसले तपाईको हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ । यसमा रहेको क्यालसियम र फासफोरसका कारण दाँत र हड्डी मजबुत बनाउँछ । दैनिक पनीर खानाले हड्डीमा रहेको समस्या पनि कम भएर जाने गर्छ ।

५. मेटाबोलिजम: पाचनतन्त्रका लागि मेटाबोलिजमले महत्वपुर्ण भुमिका खेल्ने काम गर्छ । पनीरमा अध्याधिक डायट्री फाइबर हुन्छ । जसका कारण पाचनमा यसले महत्वपुर्ण काम गर्छ । यो पाचन तन्त्र सुचारु गर्न लागि पनि मदत गर्छ ।
-एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा