शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पार्टीभित्रको समस्या हल गर्न निष्कर्षमा पुग्नै लाग्यौँ : गोकर्ण विष्ट


  • बुधबार, असार २३ २०७८
8.9K
SHARES

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता गोकर्ण विष्टले पार्टीभित्रको समस्या हल गर्नका लागि निष्कर्षमा पुग्न लागेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको एकताका लागि गठित कार्यदलको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीभित्र उत्पन्न समस्या हल गर्नका लागि झण्डै–झण्डै निष्कर्षमा पुग्न लागेको उनले बताएका हुन् ।

उनले भने, ‘कार्यदलको तेस्रो बैठक सकियो। झण्डै–झण्डै निष्कर्षमा पुगेका छौं। निष्कर्षमा पुगेसँगै पार्टीलाई पूर्ववत अवस्थामा फर्काएर क्रियाशील बनाउने कुरा छ ।’

नेता विष्टका अनुसार कार्यदलको छोटो समयमै बसेको बैठकले पार्टीभित्र देखिएका समस्याको समाधान गर्न लागेको छ । साथै, पार्टीलाई एकतावद्ध बनाउन छलफल सकारात्मक रहेको उनको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा