शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

महामन्त्री वा उपसभापतिमा उम्मेदवारी दिन्छु : डा. महत


  • बुधबार, असार २३ २०७८
6.8K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले आगामी महाधिवेशनमा आफूले उम्मेदवारी दिने पक्का भएको तर महामन्त्री र उपसभापतिमध्ये कुन पद टुंगो नभएको बताए ।

सभापति पदमा शेरबहादुर दाइ आफैं लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो’ उनले भने । यसको औपचारिक घोषणा भने टिम बनेपछि गर्ने डा. महतले बताए ।

‘औपचारिक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो । तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु’ उनले भने ।

नेता महतले आफू पार्टीकै नेतृत्व गर्न योग्य भए पनि अग्रज नेता हुँदाहुँदै अगाडि बढ्न नसक्ने बताए । ‘हाम्रो अग्रज दाइहरु हुँदाहुँदै अगाडि बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दाजान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सान्दर्भिकता अहिले पनि छ’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा