मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने


  • बुधबार, असार २३ २०७८
7K
SHARES

फाईल तस्बिर

विदेशी विश्वविद्यालयमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका तर कोरोना महामारीका कारण इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् ।

कोरोनाको जटिल परिस्थितिले पढेकै विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था नरहेकोले सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई यो पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

यही असार २१ गते भएको आयागको बैठकले विद्यार्थीहरुलाई नेपालमा नै इन्टर्नसिप गर्न दिने निर्णय गरेको हो। विद्यार्थीहरुले अनलाइन आवेदन असार २४ देखि र साउन ५ गतेसम्म दिन सक्ने छन् । आवेदन शुल्क एक हजार पाँच सय लाग्ने आयोगले जनाएको छ ।

आवेदन दिन स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू आवश्यक पर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा