युरोकप २०२० मा अब सेमिफाइनल र फाइनल चरणका खेल मात्र बाँकी छन् । सेमिफाइनल चरणको समीकरण पूरा भइसकेको छ । अब ३ वटा मात्रै खेल बाकी छन् । यस पटकको युरोपको बादशाह को बन्ने ? भन्ने कुराको टुंगो जुलाइ १२ तारिकका दिन लाग्दैछ । यसपटक सेमिफाइनलमा इटाली, स्पेन, इंग्ल्यान्ड र डेनमार्क पुगेका छन् । एक सेमिफाइनलमा दुई ठूला टोली इटाली र स्पेनको बहुप्रतीक्षित भिडन्त हुनेछ । अर्को खेलमा इंग्ल्यान्ड र डेनमार्कको खेल हुनेछ ।
सेमिफाइनल पुगेका ४ टिमध्ये अब स्पेन भर्से इटालीको खेलबाट एक उपाधि दाबेदार टिम घर फर्किनेछ । यस भिडन्तमा इटाली पहिलो दाबेदार हो । अर्को खेलमा इंग्ल्यान्ड अघि बढ्ने अनुमान गर्न सकिन्छ । यदि यस्तै भएको खण्डमा यसपटक युरो कपको फाइनलमा इटाली र इंग्ल्यान्डको रोमाञ्चक भिडन्त हेर्न पाइने सम्भावना ज्यादा छ । स्पेन र इटालीको खेलमा धैरेले इटालीलाई जितका लागि मुख्य दाबेदार टिमका रूपमा हेरेका छन् ।
(नेपाली समयमा खेल तालिका)
पहिलो सेमिफाइनल – इटाली भर्सेस स्पेन – मंगलबार राति १२ः४५ बजे
दोस्रो सेमिफाइनल – इंग्ल्यान्ड भर्सस डेनमार्क – बुधबार राति १२ः४५ बजे
फाइनल खेल – सेमिफाइनलका दुई विजेता – आइतबार राति १२ः४५ बजे
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।