बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, आकासेधारामा रहेको कुपअन स्पोर्टस सेन्टरमा काठमाडौँ किकर्सले सञ्चालन गरेको फुटबल प्रशिक्षण पुनः सञ्चालनमा आएको छ । गत चैत्रबाट सञ्चालनमा आएको एकेडेमी कोरोनाका कारण स्थगन भएको थियो ।

बद्री भट्टराई/फाइल तस्विर
कोरोना संक्रमणको दर कम भए सँगै स्थानीय निकायको समन्वयमा सुरक्षा मापदण्डको पालना गर्दै प्रशिक्षण सुरुवात गरिएको स्पोर्टस सेन्टरका कार्यकारी प्रमुख (सिइओ) बद्री भट्टराईले बताएका बताए ।
युवा तथा ग्रास रुट समूहका खेलाडीहरू उत्पादन गर्ने तथा उनीहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनासम्म पुर्याउने उद्देश्य अनुरूप सञ्चालन गरिएको प्रशिक्षण स्कटिस प्रशिक्षक ली.मेनसनले प्रशिक्षण दिइरहेका छन् ।
ली. ले उमेर समूह ६ देखि ८, १० देखि १२ तथा १६ भन्दा मुनिका खेलाडीलाई प्रशिक्षण दिनेछन् ।
बेलायत,स्कटल्यान्ड, फिलिपिन्स तथा अमेरिका जापान सहित प्रतिष्ठित क्लब तथा युवा परियोजनामा कार्य गरिसकेका ली. नेपालको फुटबल विकासमा केही गर्ने योजना लिएर आएको बताउँछन् ।
खेलाडीहरूको समग्र विकासको लागि फुटबलको सैद्धान्तिक र व्यवहारिक सहित खानपानको विषयमा समेत स्तरीय प्रशिक्षण दिनुपर्ने सोच अनुरूप फुटबल प्रशिक्षण तय गरिएको सिइओ भट्टराई बताउँछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।