शनिबार, साउन ३० २०८३
ताजा अपडेट

डा. प्रकाशशरण महतको गुनासो : माथिल्लो तामाकोशी मैले अघि बढाएको हुँ, सरकारले जस दिएन


  • मंगलबार, असार २२ २०७८
9.2K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा आफूले निभाएको भुमिकालाई सरकारले अवमुल्यन गरेको गुनासो गरेका छन् । आजभन्दा १० वर्षअगाडि उर्जामन्त्री छँदा आफूले पहलकदमी लिएर माथिल्लो तामाकोशीको काम शुरु गरेको उनको दावी छ ।

तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको उनले बताए ।

डा. महत भन्छन्, ‘अपर तामाकोशी आजभन्दा १० वर्ष अगाडि म ऊर्जामन्त्री भएको बेला अगाडि बढेको हो । त्यो बेलासम्म यसको लगानी कसले गर्ने पनि अनिश्चित थियो । त्यहाँको बाटो नै जोडिएको थिएन । बाटो नबनिकन ठेक्का लगाउने कुरा भएन । ठेकेदारहरुलाई बाटो बनाउन दिइएको थियो, तर उनीहरुले वर्षौं लट्काइरहेका थिए । मैले नै ठेक्का क्यान्सिल गराएर आर्मीले टेकओभर गरी बाटो जोडेपछि ठेक्का लगाउने परिस्थिति बनेको हो ।’

उनले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको बताए । नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्वको लागत अनुमान गरिएको उनले जानकारी दिए । पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

यसको लागत ४८/५० अर्ब भन्दा बढी नजाने भए पनि ढिलासुस्ती र मिलेमतो लगायतका कारणले लागत बढाइएको नेता महतले बताए ।

आफूले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामलाई शुरु गरी योगदान गरेको भएपनि त्यसको मुल्यांकन नभएको उनको गुनासो छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा