शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सिटौलाको सन्देश : फैसला जे आएपनि मुलुक निर्वाचनमा जान्छ


  • मंगलबार, असार २२ २०७८
9.2K
SHARES

फाईल तस्बिर

कांग्रेसको महाधिवेशन र राष्ट्रिय राजनीतिका विषयमा मंगलबार आफ्नो समूहका नेता कार्यकर्ताहरुसंग नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला खुलेर प्रस्तुत भए ।

बत्तीस पुतलीस्थि सम्पर्क कार्यालयमा ५० बढी नेता कार्यकर्तासंग सिटौलाले पार्टी महाधिवेशनको विषयमा मात्रै छलफल गरेन्न, राष्ट्रिय राजनीति बारे भविष्यवाणी समेत गरे ।

प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे आफ्नो विश्लेषण सुनाउने क्रममा सिटौलाले मुलुक निर्वाचनमा गइसकेको बताए ।

‘सर्वोच्चको आदेश जे आएपछि मुलुक निर्वाचनमा जानेछ । जस्तोसुकै आदेश आएपनि राजनीति चुनावतिर अग्रसर छ ।

महाधिवेशनसंगै चुनावको तयारी पनि हामीले गर्नुपर्छ’ सिटौलाले भने । उनले अदालतले प्रतिनिधिसभा विघटन सदर गरे सोझै निर्वाचन, देउवालाई प्रधानमन्त्री घोषणा गरे विश्वासको मत निश्चित नदेखिएका कारण निर्वाचन र संसदलाई नै अधिकार दिएपनि वैकल्पिक सरकार गठनमा बाधा पुगेर निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

‘चुनाव हुनेवाला छ । ग्राउण्डमा धेरै झगडा नगरौं,पछि चुनाव लड्दा अन्तर्घात नहोस्’, सिटौलाको भनाई थियो । नेकपा एमालेमा एकता प्रयास सकरात्मक ढंगले अगाडि बढेकोले अदालतको आदेशपछि ओलीको सरकार रहँदा वा देउवाको सरकार बन्दापनि विश्वासको मत पाउन असहज हुने सिटौंलाको आँकलन छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा